प्रधानन्यायाधीश चोलेन्द्र शमशेर विरुद्ध संसदमा महाअभियोग दर्ता



काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवराविरुद्ध संघीय संसदमा महाअभियोग दर्ता भएको छ ।

संविधानको धारा १०१ को उपधारा २ मा प्रतिनिधिसभा एक चौथाइ सदस्यले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्न सक्ने संवैधानिक व्यवस्था छ । महाअभियोग दर्ता भएपछि जवरा स्वतः निलम्बनमा परेका छन् ।

यस्तो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा २ तिहाई बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्तिको पदबाट मुक्त हुने व्यवस्था छ ।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका ९८ जना सांसदहरुले उनीविरुद्ध महाअभियोग दर्ता गराएका हुन् ।

मन्त्रिपरिषदमा भागबण्डा खोजेको आरोप लागेपछि विवादमा तानिएका जवराविरुद्ध नेपाल बार एसोसिएसनले १०७ दिनदेखि निरन्तर आन्दोलन गर्दै आएको छ ।


क्लिकमान्डु