
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आम निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई दिएका छन् ।
शनिबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा पोस्ट गर्दै मोदीले नेपालको चुनावी प्रक्रिया र जनसहभागिताको प्रशंसा गरेका छन् ।
‘नेपालमा निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा म नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई दिन्छु,’ मोदीले लेखेका छन्, ‘नेपाली दिदीबहिनी र दाजुभाइहरूले यति उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेको देख्दा अत्यन्तै खुसी लागेको छ ।’

मोदीले यस निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक कोशेढुंगा र गौरवपूर्ण क्षणका रूपमा चित्रण गरेका छन् ।
घनिष्ठ मित्र र छिमेकीको नाताले भारत नेपालको विकासमा सधैं साथ रहने प्रतिबद्धता समेत उनले गरे । ‘निकट छिमेकीका रूपमा नेपालका जनता र नयाँ सरकारसँग मिलेर शान्ति, प्रगति र साझा समृद्धिका नयाँ उचाइहरू हासिल गर्न भारत आफ्नो प्रतिबद्धतामा अडिग छ,’ उनले लेखे ।








प्रतिक्रिया