नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभाश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजीको १४.७३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले १४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश बीमा समितिको स्वीकृति तथा साधारण सभाबाट अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु