शाखारहित बैंकिङ सेवालाई थप बलियो बनाउन राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्थालाई थप मजबुत बनाउने भएको छ ।
केन्द्रीय बैंकले शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्थालाई व्यवस्थित बनाउन निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवा, बैंक तथा वित्तीय संस्था र ग्राहकबीचको सम्झौता, आधिकारिक व्यवसायिक प्रतिनिधिसँगको सम्झौता, प्रतिनिधि छनौट सम्बन्धी, तेस्रो पक्ष सेवा प्रदायकको, शाखारहित बैंकिङ सेवा बन्द गर्न राष्ट्र बैंकको स्वीकृत लिनुपर्ने, बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायक संस्थाको आधिकारिक प्रतिनिधिसम्बन्धी व्यवस्था तथा खारेजी र बचाउको विषयमा निर्देशन दिएको छ ।

राष्ट्र बैंकका अुनसार शाखारहित बैंकिङ कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले कम्तिमा सम्झौतामा सजिलै बुझिने गरी स्पष्ट र दोहोरो अर्थ नलाग्ने गरी नेपाली भाषामा लेखिएको हुनुपर्ने छ । कुनै ग्राहकले यस्तो सम्झौता अंग्रेजी भाषामा गर्न चाहेमा सो गर्न सकिने छ ।

लामो समयसम्म सेवा नलिएका ग्राहकहरुको सेवा निष्क्रिय हुने वा नहुने सम्बन्धमा उल्लेख गर्नुपर्ने छ । ग्राहकले सार्वजनिक कम्प्युटर वा अन्तर्राष्ट्रिय नेटवर्क प्रयोग गरी कारोबार गर्दा उत्पन्न हुने जोखिमसम्बन्धी कुरा स्पष्ट रुपमा उल्लेख हुनुपर्ने छ ।

यस्तै सेवा प्रदायक बैंक तथा वित्तीय संस्था, आधिकारिक व्यावसायिक प्रतिनिधि र ग्राहकको क्षेत्राधिकार, काम, कर्तव्य र उत्तरदायित्व, ग्राहकवाट प्राप्त शुल्क तथा आयको बाँडफाँट गर्ने, बैंक वा वित्तीय संस्थाले आफू र एजेन्टबीच कुनै पनि अवरोध सिर्जना भई अधिक जोखिम उत्पन्न हुने अवस्थाबाट सतर्क रहन तयार गरिएको आकस्मिक योजना बनाउन भनेको छ ।

गुनासो सुनुवाई, विवाद समाधान र भुक्तानीसम्बन्धी समस्या समाधानको अन्तिम जिम्मेवारी, कारोबारलाई सुरक्षित र भरपर्दो बनाउने विषय जस्तै सफ्टवेयर, वेबसाईटको सुरक्षा, ग्राहकको आइडी र पासवर्ड तथा सोको परिवर्तन गर्न समेत भनेको छ ।

नियमनकारी निकाय वा तोकिएको अधिकारीबाट गरिने निरीक्षण तथा सुपरिवेक्षण अन्तर्गत आवश्यक तथ्याङ्क, विवरण, सूचना तथा कागजात उपलब्ध गराउने विषय तथा सम्झौताको अवधि, सम्झौता नवीकरण तथा सम्झौता संशोधनको व्यवस्था गर्न भनेको छ ।

बैंक तथा वित्तीय संस्थाले यस निर्देशनमा उल्लेख भए बमोजिमका कार्यहरू स्वयम् संस्थाद्वारा नियुक्त प्रतिनिधिमार्फत् गराउने भएमा त्यस्तो प्रतिनिधि छनौट गर्दा देहायबमोजिम सक्षमता परीक्षण गर्नुपर्नेछ व्यवस्था गर्न भनेको छ ।

शाखारहित बैंकिङ्ग कारोबार सम्बन्धी सेवा सञ्चालन गर्दा उत्पन्न हुन सक्ने विभिन्न प्रकारका जोखिमलाई पूर्ण व्यवस्थापन गर्न सक्षम प्रतिनिधिको पहिचान गर्ने संयन्त्रको विकास गर्नुपर्ने उल्लेख छ ।

सम्भावित जोखिमलाई कम गर्नका लागि प्रभावकारी र प्रमाणयोग्य प्रक्रिया संस्था आफैले अवलम्बन गर्नुपर्नेछ । कुनै पनि नयाँ प्रतिनिधि चयन गर्नुअघि न्यूनतम आधारभूत मापदण्ड तथा चयन प्रक्रिया तय गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले यस निर्देशनमा उल्लेख भए बमोजिमका कार्यहरू स्वयम् संस्थाद्वारा नियुक्त प्रतिनिधिमार्फत् गराउने भएमा त्यस्तो प्रतिनिधि छनौट गर्दा देहायबमोजिम सक्षमता परीक्षण गर्नुपर्नेछ ।

शाखारहित बैंकिङ्ग कारोबार सम्बन्धी सेवा सञ्चालन गर्दा उत्पन्न हुन सक्ने विभिन्न प्रकारका जोखिमलाई पूर्ण व्यवस्थापन गर्न सक्षम प्रतिनिधिको पहिचान गर्ने संयन्त्रको विकास गर्नुपर्नेछ । सम्भावित जोखिमलाई कम गर्नका लागि प्रभावकारी र प्रमाणयोग्य प्रक्रिया संस्था आफैले अवलम्बन गर्नुपर्नेछ ।

कुनै पनि नयाँ प्रतिनिधि चयन गर्नुअघि न्यूनतम आधारभूत मापदण्ड तथा चयन प्रक्रिया तय गर्नुपर्नेछ । प्रतिनिधिको प्रभावकारी व्यवस्थापनका लागि सम्बन्धित बैंक वा वित्तीय संस्थाद्वारा निश्चित समयको अन्तरालमा प्रतिनिधिको कार्यसम्पादनको परीक्षण गर्ने व्यवस्था गर्नुपर्नेछ ।

यसका लागि अग्रीम रूपमा चेतावनीको पूर्व संकेत तय गरी सुधारका उपायहरू अवलम्बन गर्नुपर्नेछ । शाखारहित बैंकिङ्ग कारोबारका लागि आवश्यक प्राविधिक सेवा उपयोग गर्न यस्तो सेवा प्रदान गर्ने तेस्रो पक्षसंग अलग्गै सम्झौता गर्नुपर्नेछ । यस्तो सेवा प्रदान गर्ने सिलसिलामा अपरेटर लगायत यस बैंकले इजाजतपत्र अनुमतिपत्र नदिएका अन्य पक्षहरूको समेत यस बैंकले निरीक्षण तथा सुपरिवेक्षण गर्न सक्ने व्यवस्था त्यस्तो सम्झौतामा खुलाउनु पर्नेछ ।

तेस्रो पक्ष चयन गर्नुअघि न्यूनतम आधारभूत मापदण्ड तथा चयन प्रक्रिया तय गर्नुपर्नेछ । प्राविधिक सेवा प्रदायकसँग सम्झौता गर्दा प्रविधिमा आएको समस्याबाट बैंक/वित्तीय संस्था तथा ग्राहकलाई पुग्न जाने क्षति र सोको क्षतिपूर्ति गर्ने व्यवस्थालगायत त्यस्तो कम्पनीको काम, कर्तव्य र अधिकारसमेत स्पष्ट उल्लेख गर्नपर्नेछ ।


क्लिकमान्डु