राष्ट्र बैंकले गर्यो २ विभागको मर्ज, गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग गठन



काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा विभागलाई मर्जर गरेर एउटै बनाएको छ भने नयाँ विभाग पनि स्थापना गरेको छ ।

राष्ट्र बैंकका अनुसार ‘विकास बैंक सुपरिवेक्षण विभाग’ र ‘वित्त कम्पनी सुपरिवेक्षण विभाग’ लाई एकीकृत गरी ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार बैंकको व्यवस्थापन समितिको कात्तिक ११ मा बसेको बैठकको निर्णय अनुसार फागुन १ देखि कार्यान्वयन हुने गरी विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकीकृत गरी नयाँ विभागको रुपमा वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना गरेको छ ।

यस्तै केन्द्रीय बैंकले ‘गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग’ स्थापना गरिएको छ । यस्तै बैंकको व्यवस्थापन समितिको माघ १० गते बसेको बैठकको निर्णय अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाहरु, हायर पर्चेज कारोबार गर्ने कम्पनीहरु, हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी र राष्ट्रिय सहकारी बैंकको निरीक्षण, सुपरिवेक्षण र अनुगमन लगायतका सुपरिवेक्षकीय कार्यहरु सम्पादन गर्ने कार्यादेश सहित फागुन १ देखि कार्यान्वयन हुने गरी विभाग विभाग गठन गरेको जानकारी गराएको छ ।


क्लिकमान्डु