सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएकोमा बुधबार ३ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ४० रुपैयाँ कायम भएकोमा बुधबार १५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु