श्रममन्त्री श्रेष्ठको तलबभत्ता रकम पुर्कोट कालिका क्याम्पसलाई



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्ता बापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई सहयोगस्वरुप प्रदान गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्ता बापतको रकम विभिन्न संघसंस्थालाई सहयोग गर्दै आउनुभएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्ता बापतको ५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।

उक्त रकम नेकपा (एकीकृत समाजवादी) का स्थानीय कार्यकर्तामार्फत क्याम्पस संचालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको हो । मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लव, आमा समुह लगायत सामाजिक संस्थाहरुलाई तलबभत्ता बापतको रकम सहयोग गर्दै आएको छ ।


क्लिकमान्डु