पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो ।

पेट्रोलको मूल्य हालसम्मकै सबैभन्दा बढी हो ।

साथै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो लिटर १०० डलरले बढाइएको निगमको भनाइ छ ।

अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर १२५ रुपैयाँ पर्नेछ ।


क्लिकमान्डु