घलेम्दी हाइड्रोको नाफा बढ्यो



काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । उक्त अवधिमा कम्पनीको नाफा बढेको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । कम्पनीले इन्स्योरेन्स बापतको १ करोड ५० लाख रुपैयाँ प्राप्त गरेपछि मुनाफामा देखिएको हो ।

६ महिनाको अवधिमा कम्पनीले बिजुली बेचेर १ करोड ६४ लाख ८४ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले बिजुली बेचेर १ करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको थियो । यो अवधिमा कम्पनीले विजुली बेचेर गर्ने आम्दानीमा कमि आएको छ ।

कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ र जगेडा कोषमा १५ करोड ४४ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ २८ पैसा रहेको छ ।


क्लिकमान्डु