रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार



काठमाडौं। रमजान पर्वको अवसरमा नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले कतारस्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरुमार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको जनाएको छ ।

योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन र त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्नु सकिने बताईएको छ ।

यो योजना यही मई २८ तारिखदेखि जुलाई २८ तारिखसम्म दुई महिना लागु हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु