तीन ठाँउमा सानिमा बैंकको शाखा विस्तार



काठमाडौं । सानिमा बैंकले एकै दिन तीन ठाँउमा शाखा विस्तार गरेको छ ।

बैंकले कावासोती, बर्दिबास र अत्तरियामा शाखा विस्तार गरेको छ । बैंकको कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले उद्घाटन गरेकी छन् । यस्तै बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की र गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

बैंकले यी शाखाहरु संचालनमा आएसँगै त्यस क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास लिएको छ ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १२२ कार्यालय र १०२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


क्लिकमान्डु