उत्साहित लगानीकर्तालाई केले तान्यो ? सेयर बजारमा उछाल



काठमाडौं । जेठ भित्रै स्थानीय तहको निर्वाचन गर्ने भनेर सत्तारुढ दल सहमत भएको सूचना बाहिर आएसँगै सेयर बजारमा उछाल देखिएको छ ।

जानकारहरुका अनुसार सेयर बजारलाई निर्वाचन निकै फाप्ने भएपछि बजारले नयाँ गति लिन थालेको हो । एक लगानीकर्ताका अनुसार जेठमा नै निर्वाचन भएको खण्डमा बजारले नयाँ उचाइ लिने छ ।

आइतबारको कारोबारमा बजार मापन गर्ने सूचकमा उछाल आएपनि त्यस अुनसार कारोबार रकम कम हुँदा लगानीकर्ता निर्वाचनको बारेमा अझै निश्चिन्त बन्न खोजिरहेको जानकारहरुको भनाइ छ ।

आइतबार बजार मापन गर्ने सूचक १०५.५५ अंकले बढेर परिसूचक २८८५.५३ बिन्दुमा रोकिएको छ । यो दिन बजार ३.८० प्रतिशतले बढेको छ । बजारमा दोहोरो अंकको सुधार आएको भएपनि कारोबार रकम भने न्यून प्रायः देखिएको छ । २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँको सेयर किनबेच भएको छ ।

आइतबारको कारोबारमा सबै समूहको उपसूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंकिङ ४६.९९, विकास बैंक ३१८.२२, वित्त १५२, जलविद्युत १८२.९०, जीवन बीमा ५४८.०६, माइक्रोफाइनान्स १७३.४६, निर्जीबन बीमा समूहको उपसूचक ४३१.६१ अंकले बढेको छ ।

कारोबारमा वन नेपाल लघुवित्त वित्तीय संस्था, लिबर्टी नेपाल, शिव श्री हाईड्रोपावर, निफ्रा, बुद्धभुमी नेपाल हाईड्रोपावर, अरुण भ्याली हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु