सार्वजनिक खरिद अनुगमन कार्यालयले फेरि सोध्यो ५ कम्पनीलाई स्पष्टिकरण



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने ५ कम्पनीलाई स्पष्टिकरण सोधेको छ । निर्माण व्यवसायी तथा आपूर्तीकर्ता ५ कम्पनीलाई यसअघि ३० दिनको समय दिएर लिखित स्पष्टिकरण सोधिएपछि सो अवधिमा स्पष्टिकरण नदिएका कम्पनीलाई थप ७ दिनको समय दिइएको हो ।

कालोसूचीमा राख्नुअघि लिखित स्पष्टिकरण सोध्ने गरिन्छ । जसमा कम्पनीहरुले आफूलाई किन कालो सूचीमा नराख्ने भन्ने आधार लिखितरुपमा पेश गर्नुपर्ने हुन्छ ।

यसरी स्पष्टिकरण सोधिएका कम्पनीहरुमा सञ्जयकुमार साह मुख्य व्यक्ति रहेको कर्णाली बिल्डर्स जनकपुरधाम, दावा सोनाम लामा मुख्य व्यक्ति रहेको तितुङ कन्स्ट्रक्सन प्रालि, पवनप्रसाद न्यौपाने मुख्य व्यक्ति रहेको कुशलदेव निर्माण सेवा प्रालि छन् । साथै हसन अन्सरी मुख्य व्यक्ति रहेको श्री एशियन मोर्डन जेभी र केशरबहादुर प्रधान मुख्य व्यक्ति रहेको मोर्डन सुज प्रालि छन् ।


क्लिकमान्डु