चार्टर्ड उडानमा बढी भाडा लिए उजुरी गर्न पर्यटन मन्त्रालयको आग्रह



काठमाडौं । पर्यटन मन्त्रालयले चार्टर्ड उडानमा तोकिएभन्दा बढी भाडा लिए उजुरी गर्न यात्रु समक्ष आग्रह गरेको छ ।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै पहिलो चरणको बन्दाबन्दीपछि चार्टर्ड उडानमार्फत यात्रा गरेका यात्रुले बढी पैसा तिरेको भए उजुरी गर्न आग्रह गरेको हो ।

हाल उक्त गुनासो सम्बोधन गरी छानबिन गर्न हवाई भाडादर छानबिन समिति गठन भएको थियो । समितिले थप छानबिन गर्नुपर्ने भनी सिफारिस गरिएको विषयमा सम्बन्धित निकायहरुलाई स्पष्टिकरण सोध्न र थप छानबिन गर्न मन्त्रालयमा पुनः छानबिन समिति गठन भएको छ ।


क्लिकमान्डु