विद्यार्थीको सिकाइलाई सहज बनाउन मिदासले ल्यायो ‘मिदास इक्लास’



काठमाडौं । मिदास एजुकेसन प्रालिले ‘मिदास इक्लास’ मोबाइल र वेव एप सञ्चालनमा ल्याएको छ ।

उक्त एपले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ ।

नर्सरीदेखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वअध्ययन गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर प्लाइन्छ प्रिजिन्टेसन, क्वीज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार विद्यार्थीहरुले मिदास इक्लासमा भएका भिडियोहरु आफूलाई मन लागेको बेला हेर्न सक्नेछन् । साथै, यसमा भएका क्वीज तथा गेमहरू विद्यार्थीहरुले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ सिक्न सक्नेछन् ।

गेम खेल्दा सही जवाफ दिए बापत प्वाइन्छ र उपहारहरू पनि पाउनेछन् । जसले विद्यार्थीहरुहरूलाई स्वअध्ययन गर्न र बुझेर पढ्न प्रेरित गर्छ ।

विद्यार्थीहरुले पढ्दा केही जानेनन् भने वा होमेवोर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा, उनिहरुले जतिबेला पनि मिडस् एक्लसबाट शिक्षकहरूसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्ने कम्पनीले जनाएको छ ।

विद्यार्थीहरुलाई सिकाउन देशभरका सयौं दक्ष शिक्षकहरू हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमो उपलब्ध हुने छ ।

विद्यार्थीहरुलाई परीक्षा निर्धक्क भएर दिन सक्ने बनाउन ‘मिदास इक्लास’ मा स्वमूल्याङ्कन मक इक्ज्याम र परीक्षा तयारी कक्षाहरूको ब्यवस्था कम्पनीले गरेको छ ।

विद्यार्थीहरुको प्रतिभा उजागर गर्न र उनीहरूलाई अतिरिक्त पाठ्यक्रम गतिविधिहरू गराउन ‘मिदास इक्लास’ मा आर्ट, भोकल, भ्वाइलिन, हारमुनियम, डान्स, ह्याण्डराइटिङ्ग, चेस क्लासआदि पनि सञ्चालन हुने छ ।

मिदास एजुकेसनले ‘मिदास इक्लास’ का सेवाहरू विद्यार्थीले आफुलाई रजिस्ट्रर गरेको पहिलो १५ दिनका लागि निःशुल्क उपलब्ध पाउनेछन् ।


क्लिकमान्डु