नेपाल बैंकको नाफा १ अर्ब ४१ करोड, प्रतिसेयर आम्दानी कति ?



C

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ४.९३ प्रतिशतले बढाएर १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ आर्जून गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३५ करोड ४ लाख २३ हजार रूपैयाँ रहेको थियो ।

६ महिनाको अवधिमा बैंकको वितरणयोग्य नाफा ४१ करोड ३ लाख १५ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर ३ अर्ब २ करोड ४९ लाख ३० हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब ९७ करोड १३ लाख ९८ हजार रूपैयाँ रहेको थियो ।

यस्तै बैंकको सञ्चालन मुनाफा भने घटेको छ । गत आवमा २ अर्ब ४ करोड ६२ लाख २२ हजार रूपैयाँ सञ्चालन मुनाफा चालु आवको ६ महिनामा आइपुग्दा १ अर्ब ६३ करोड ५३ लाख ३६ हजार रूपैयाँ रहेको छ ।

१४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ४६ करोड ९६ लाख ६२ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा २.८८ प्रतिशतबाट घटेर १.९१ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ १२ पैसा रहेको छ ।


क्लिकमान्डु