क्रिप्टोकरेन्सी र हाइपर फन्ड जस्ता व्यवसायमा संलग्नहरुलाई कडा कारबाही राष्ट्र बैंकको चेतावनी



काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी÷क्रिप्टो करेन्सीको कारोबार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङमा संलग्न भएको आशंकमा केही व्यक्तिलाई पक्राउ गरेपछि राष्ट्र बैंकले त्यस्ता कार्यमा संलग्न नहुन आग्रह गरेको हो ।

आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल÷क्रिप्टो करेन्सीले कानूनी मान्यता नपाएको भन्दै यस्त गैरकानूनी वित्तीय औजारमा आवद्ध नहुन सबैलाई आग्रह गरेको छ ।

आबद्ध भएको पाएमा प्रचलित कानून बमोजिम कारबाही हुने सबैलाई जानकारी गराएको छ ।

यस्तो कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने, स्वेदशी पुँजी पलायन हुने भएकाले त्यस्तो कारोबार तथा व्यवसायमा नलाग्न स्वदेश तथा विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ ।

पछिल्लो समय क्रिप्टो करेन्सीहरुसँग सम्बन्धित हाईपर फण्ड जस्ता कोषमा लगानी गर्न र जोयकल, क्राउड १, सोलम्याक्स ग्लोबल, जस्ता पिरामिडमा आधारित नेटवर्किङ मार्केटमा आवद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको भन्दै त्यसतर्फ पनि केन्द्रीय बैंकको ध्यानाकर्षण भएको जानकारी गराएको छ ।


क्लिकमान्डु