आयल निगमले तेल किन्न मूल्य स्थिरिकरण कोषबाट झिक्यो १ अर्ब ८० करोड



काठमाडौं । लगातार घाटामा गएर तेल किन्न समेत पैसाको अभाव भएपछि नेपाल आयल निगमले मूल्य स्थिरिकरण कोषबाट पैसा निकालेको छ ।

निगमले इन्डियन आयल कर्पोरेशनलाई २३ जनवरीमा बुझाउनुपर्ने दोस्रो किस्तामा रकम अपुग भएपछि कोषबाट १ अर्ब ८० करोड रुपैयाँ झिकेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव अध्यक्ष रहने कोषले माघ ७ गते बैठक बसी रकम झिक्ने निर्णय गरेको थियो ।


क्लिकमान्डु