तीन दिनमा ३३ हजारबढी संक्रमित पुष्टि, बिहीबार थपिए १२ हजार ३३८



काठमाडौं । कोरोना संक्रमणको दर हालसम्मकै उच्च भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तीन दिनमा ३३ हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् । दैनिक १० हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि हुँदा बिहीबारसम्म कुल संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार मात्रै १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन् । कुल २७ हजार ४७९ वटा स्वाव परीक्षण गरिएकोमा करिब आधामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ ।


क्लिकमान्डु