नबिल बैंकका अध्यक्षले लिए सपथग्रहण



काठमाडौं । नबिल बैंक लिमिटेडको संचालक समितिका नवनिर्वाचित अध्यक्ष उपेन्द्र पौडेलले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । पुस ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका पौडेलले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधबार सपथग्रहण गरे ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित शपथ ग्रहण कार्यक्रममा डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएका थिए ।

नबिल बैंक लिमिटेडका अध्यक्ष पौडेललाई मिति २०७८ पौष ३० गते सम्पन्न बैंकको ३७औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) लि. को प्रतिनिधिकारुपमा निर्बिरोध निर्वाचित गरेको हो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकले १३५ शाखा, १८९ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत् नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।


क्लिकमान्डु