लगानीकर्ता नाफा बुक गर्न लाग्दा बजारमा गिरावट



काठमाडौं । मंगलबार सेयर लगानीकर्ता नाफा बुक गर्न तर्फ लाग्दा बजारमा गिरावट आएको छ ।

निकै उतार चढाबका बीच बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक १०.७८ अंकले घटेर २९३६.६६ बिन्दुमा रोकिएको छ ।

२२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा सामलिङ पावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा कारोबार भएको छ । मध्येभोटोकोशी जलविद्युत कम्पनी, बुद्धभुुमी नेपाल हाईड्रोपावर, प्रभु बैंक, बरुण हाईड्रोपावर कम्पनीका लगानीकर्ताले निकै कमाएका छन् ।

यस्तै मानुुसी लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, पन्चकन्या माई हाईड्रोपावर कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

कारोबारमा अधिकांश समूहका कम्पनीको उपसूचकमा गिरावट आएको छ । कारोबारमा २२.३९, होटल तथा टुरिजम, ४२.५१, उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा सुधार आएको छ । बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।


क्लिकमान्डु