पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण



काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ ।

सोमबार बिहान गरिएको परीक्षणमा पोजेटिभ देखिएपछि तय गरिएका सबै कार्यक्रम रद्द गरिएको प्रेस संयोजक बिमल बिस्टले जानकारी दिए ।

पछिल्लो समय मन्त्री आलेले नारायणहिटी दरबारदेखि पशुपति क्षेत्र लगायतका स्थानमा अनुगमन गर्दै आएका थिए ।

सरकारले कोरोना संक्रमणको दर उच्च भएसँगै २५ जनाभन्दी बढी भेला नहुन भनेको छ ।


क्लिकमान्डु