एभरेष्ट बैंकको डिबेन्चर निष्काशन, कति पाईन्छ ब्याज ?



काठमाडौं । एभरेष्ट बैंकले डिबेन्चर निष्काशन गरेको छ ।

बैंकले ८ वर्ष अवधिको लागि प्रतिकित्ता १ हजार रुपैयाँका दरले २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
जसमा ६० प्रतिशत अर्थात १२ लाखकित्ता बैंक आफैले बिक्री गर्ने भएको छ भने ४० प्रतिशत अर्थात ८ लाखकित्ता ऋणपत्र सर्वसाधारणको लागि छुट्याईएको छ ।

ऋणपत्रमा माघ ३ देखि छिटोमा ६ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा बार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने छ ।


क्लिकमान्डु