सुन चोरी गरेको आरोपमा पर्यटन बोर्डका सीइओलाई जरिवाना



 

काठमाडौं । सुनको अवैध ओसारपसार गरेको आरोपमा पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मी मुछिएका छन् ।

रेग्मीले कतार एयरलाइन्सको क्यूआर ७३० नम्बरको विमानबाट नेपाल आउँदा बिस्कुट आकारको तीन थान जम्मा ३० ग्राम अवैध सुन ल्याएको आरोपमा त्रिभुवन व्मानस्थल कार्यालयले कारबाही गरेको छ ।

कार्यालयले रेग्मीलाई १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना तिराउन पर्यटन मन्त्रालयलाई जानकारी गराएको छ ।
उनलाई भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७ (१) बमोजिम सुन चोरी पैठारी गरी ल्याएको ठहर गर्दै कारबाही गरिएको पत्रमा उल्लेख छ ।


क्लिकमान्डु