एकैदिन ५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । एकैदिन ५ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कूल २० हजार ५ सय ६० नमुना परीक्षण गर्दा ५ हजारभन्दा बढी संक्रमित भेटिएका हुन् । आरटी पिसिअार विधिबाट गरिएको परीक्षणबाट ४ हजार २ सय ४ जना र एन्टिजेन विधिबाट ८ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

केहि दिन अघि सीसीएमसीले प्रधानमन्त्री देउवालाई भेटेर ५ हजारभन्दा बढी संक्रमित भेटीए लकडाउन गर्न सुझाब दिएको थियो ।


क्लिकमान्डु