माधवकुमार नेपाललाई कोरोना संक्रमण



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

आशङ्का लागेर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

कोटेश्वरस्थित निवासमा आराम गरिरहेका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसैगरी एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

-रासस


क्लिकमान्डु