सेयरको मूल्य बढ्दा उत्साहित हुनु पर्दैन: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार बढ्दा उत्साहित हुनुपर्ने जरुरी नभएको बताएका छन् ।

प्रतिनिधिसभाको लेखा समितिमा गभर्नर अधिकारीले सेयर बजार नराम्रो चिज रहेको भन्दै बढ्दा उत्साहित हुने र घट्दा सबै कुरा सकियो भन्ने मानसिकता त्याग्नुपर्ने बताए ।

‘सेयर बजार पूँजी निर्माणको आधार हो, अर्थतन्त्रका सूचकहरु हेर्दा सेयर बजारलाई समेत हेर्ने गरिन्छ,’ गभर्नर अधिकारीले भने ।

गभर्नर अधिकारीलाई सांसद् पार्वती डिसी चौधरीले सेयर बजारको बारेमा प्रश्न सोधेकी थिइन् ।


क्लिकमान्डु