प्रि-ओपनिङमा १९ लाख ७१ हजारको कारोबार



काठमाडौं । आइतबारको प्रि-ओपनिङमा बजार ७.४० अंकले बढेको छ ।

बजार ७.४० अंकले बढेर २६९९.८७ बिन्दुमा रोकिएको छ । कारोबारमा २४ कम्पनीको ३ हजार ८२५ कित्ता सेयर १९ लाख ७१ हजार ४६५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत कम्पनी, अन्य समूह, जीवन बीमा समूहको उपसूचक बढेको छ भने वित्त समूहको उपसूचकमा गिरावट आएको छ ।


क्लिकमान्डु