आज ३ वटा कम्पनीको साधारणसभा, कुनले बनाउँदैछ लगानीकर्ताको हात खाली ?



काठमाडौं । आज तीन वटा कम्पनीले साधारणसभा बोलाएका छन् ।

आइतबार माउन्टेन इनर्जी नेपाल, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र महालक्ष्मी विकास बैंकको साधारणसभा रहेको छ ।
सभा घोषणा गरेका कम्पनीमा माउन्टेन इनर्जीले लगानीकर्ताको हात खाली बनाएको छ ।

निर्धन उत्थानले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५५ प्रतिशतनगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएका छन् । यसको लागि भन्दै पुस १३ देखि २५ गतेसम्म बुक क्लोज गरिसकेका छ ।

यस्तै महालक्ष्मी विकास बैंकको पनि आजै सभा रहेको छ । सभामा गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । सभाले पारित गरेपछि लगानीकर्ताले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु