सहकारीले ब्याजदर बढाउने होइन, घटाउनु पर्छः मन्त्री श्रेष्ठ



काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीमा ब्याजदर बढ्दा बढने र घट्दा नघटने गरेको बताएकी छन् ।

उनले अहिलेको अवस्थामा ब्याजदर बढाउने होइन, सहकारीलाई परेको समस्या अन्य माध्यमबाट समाधान गर्ने बताइन ।

सहकारीको मूल मर्मअनुसार जाने हो भने ब्याजदर घटाउनु पर्ने उनको भनाइ छ । सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यही अनुसार चल्ने भएकालेसोही अनुसार मन्त्रालयले भिजन पेपर तयार पारेको बताइन् । उनले उक्त भिजन पेपर केहीसमयपछि सार्वजनिक समेत गर्ने बताइन् ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले समाजवादी अर्थ व्यवस्थामा सहकारीको भूमिका बढी हुने बताइनु ।

सहकारीले लगानी गर्ने भन्दापनि बचत तथा ऋणमा बढी हुने गरेको र सहकारीको सिद्दान्त अनुसार नचलेको बताइन ।

वित्तीय सुशासन नभएको हुँदा बचतकर्ताको विश्वासमा कमी आएको उनको भनाइ छ ।

सहकारीको घरजग्गा कारोबारमा बढी लगान िहुने गरेको, बचतकर्तामा केन्द्रित नरहेको भन्दै यो समस्या नीति हो अथवा नियतमा हो भन्ने प्रश्न उठेको उनको भनाय छ ।

सहकारीमा जनगुनासो घटेको भन्दै राष्ट« निर्माण गर्ने महत्त्वपूर्ण क्षेत्र सहकारी जनहित, सदस्यको हितमा काम गर्न, जनताको भरोसा नटुटने गरी काम गर्न आाग्रह गरिन ।

उनले एकै घरमा धेरै बोर्ड राख्नु नहुने, मर्जरमा जान थालेको बेला नयाँ दर्ता गर्न नहुने समेत धारण व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष तथा सहकारी बैकका सञ्चालक ज्ञानबहादुर तामाङले सन्दर्भ ब्याजदर टुंयाउन आग्रह गरे । ऐनमा स्पष्ट व्यवस्था नभको भन्दै ऐनमा नै प्रष्ट व्यवस्था गर्न आग्रह गरे ।

ब्याजदरका लागि बैठक स्थगित भएको चन्दै यसलाई कसरी चलाएको भन्ने प्रश्न उठेको बताए । बैकमा तरलता अभाव भएको, बैकको ब्याजदर बढेको भन्दै सहकारीको ब्याजदर केही बढाउन आग्रह गरे । अहिले बैकले १२.५ प्रतिशतसम्म ब्याजदर लिएको भन्दै सहकारी चल्न समस्या भएको बताए ।

नयाँ सहकारी दर्ता बढेको स्मरण गराउदै संख्या बढनुभन्दा पनि गुणस्तर बढाउन आग्रह गरे । अहिले हरेक पालिका ५०÷६० वटा संस्ता दर्ता भएको बताए । सहकारी मर्जरमा गएको भन्दै यसलाई रोक्न आग्रह गरे ।


क्लिकमान्डु