सुनको प्रतितोला मूल्य ६ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएकोमा बुधबार ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ रहेकोमा बुधबार १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु