इजरायल जाने कामदारले हवाई भाडावापत ६० हजार तिर्नुपर्ने



काठमाडौं । सरकारले इजरायल जाने कामदारका लागि हवाई भाडा तोकेको छ ।

वैदेशिक रोजगार विभागले हवाई भाडाका लागि कम्पनीहरूलाई आह्वान गरेकोबाट भाडादर प्रस्ताव स्वीकृत भई हवाई भाडा तोकेको हो ।

विभागले गत पुस ९ गते काठमाडौंबाट इजरायलसम्मको हवाई भाडा प्रस्ताव पेश गर्न आग्रह गरेको थियो । जसमा ८ वटा कम्पनीले प्रस्ताव पेश गरेको विभागले जनाएको छ ।

उक्त प्रस्ताव पेश गरेकोमध्य सी लिङ्क होलिडे प्रालिले पेश गरेकामा एकल ट्रान्जिट उडनका लागि ५९ हजार ९ सय ९० रुपैयाँ स्वीकृत भएको विभागले उल्लेख गरेको छ ।

विभागकाअनुसार जनवरी र फेब्रुअरीसम्ममा नेपाली कामदार इजरायल उड्ने जनाएको छ । सरकारले गत वर्ष जीटुजीमार्फत् रोजगारीका लागि इजरायल लैजाने सम्झौता भएको थियो । सोहीअनुसार प्रक्रिया अगाडि बढेर आगामी जनवरी र फेब्रअरीसम्ममा नेपाली कामदार इजरायल उड्ने भएको हो ।

इजरायल सरकारले विभिन्न क्षेत्रमा कामदार लैजाने प्रतिबद्धता जनाएपनि पहिलो चरणमा केयर गिभरमा कामदार लैजाने भएको छ । पहिलो चरणमा केयर गिभर कामदार लैजाने भन्दै नेपाल सरकारले सम्पूर्ण प्रक्रिया पूरा गरी ११ सय ७५ जना परीक्षामा उत्तीर्ण भएको विभागले जनाएको छ ।


क्लिकमान्डु