स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीइओको तलब २ करोड ७६ लाख



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिरभान घोष दस्तिदारले आर्थिक वर्ष २०७७/७८ मा कुल २ करोड ७६ लाख २२ हजार ४०२ रुपैयाँ तलब बुझेका छन् ।

दस्तिदारले तलब, भत्ता तथा बोनस गरी उक्त रकम बुझेका हुन् ।

यसअघि आव २०७६/७७ मा बैंकको सीइओको तलब ३ करोड ९८ लाख रुपैयाँ थियो ।


क्लिकमान्डु