सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा आइतबार ७ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २ रुपैयाँ कायम भएकोमा आइतबार ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएकोमा आइतबार १० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु