वर्षभरी नै चर्चाको शिखरमा क्रिप्टो करेन्सी, नयाँ के के आए ?



एजेन्सी । क्रिप्टो, क्रिप्टो, क्रिप्टो, हरेक मानिस यसैका बारेमा कुराकानी गरिरहेका छन् । सन् २०२१ भरी नै क्रिप्टो करेन्सीका बारेमा कुराकानी नै रहिरह्यो । चर्चाको शिखरमा नै रहिरह्यो ।

हरेक मानिसले यसबारेका बारेमा नै कुराकानी गरिरहे । पछिल्ला दिनमा यसको नै सबैभन्दा बढी लोकप्रिय बनी नै रह््यो । भारतका कूल जनसंख्या मध्ये ७.३ प्रतिशत मानिसले क्रिप्टोमा लगानी गरेका छन् ।

तर, अधिकांश मानिस भने डिजिटल करेन्सीको प्रभावकारिताको बारेमा हालसम्म पनि आशंका व्यक्त गरिरहेका छन् । अर्थात्, सन् २०२१ मा सबैभन्दा बढी चर्चा पाएको कुनै विषय छ भने त्यो हो क्रिप्टो । अधिकांश क्रिप्टो करेन्सी व्यालकचेक प्रविधिमा सञ्चालित हुन्छ । ब्ल्याकचेन प्रविधिमा ब्ल्याक एक आधारको रुपमा काम गर्छ ।

यस्तै ब्ल्याक्सभित्र रेकर्ड तथा समय पनि जोडिएको हुन्छ । हरके ब्ल्याक एक अर्कासँग जोडिएका हुन्छन् । ह्याकरहरुलाई पनि यसको प्रणालीमा छिर्न हरेक ब्ल्याकको उलट पुलट गर्नुपर्ने हुन्छ । अर्को अर्थमा भन्दा ह्याकरहरुको कुनै पनि अस्त्रले काम गर्दैन ।

त्यो असम्भव काम हुन जान्छ । ब्ल्याक चेनको तीन मुख्य प्रकारमा रहेर क्रिप्टोकरेन्सी जोडिएको हुन्छ । पहिलो ब्ल्याकचेन बिटक्वाइनको थियो । त्यसपछि आल्कक्वाइन र टोकन्स पनि आयो ।
हालसम्म पनि बिटक्वाइनको खोजकर्ताको विषयलाई रहस्यको गर्भमा नै रहेको छ । खास नामका रुपमा सातोशी नाकामोतोलाई लिइन्छ ।

जबकी केही मानिसहरु भन्छन् ‘खास यो नाम कसैको छद्यमा नाम हो ।’ केही मानिस मान्छन् कि उनीहरु एक समूह छन् । जसले बिटक्वाइनको खोजी गरे ।

बिटक्वाइन जनवरी, २००९ मा एक डिजिटल करेन्सीको रुपमा सार्वजनिक भयो । यो एक व्यक्तिबाट दोस्रो व्यक्तिमा जोडिन पुग्यो । जहाँ एक अर्कामा कारोबार समेत हुन थाल्यो ।

ब्ल्याकचेन प्रविधिमा पहिलो पटक बिटक्वाइनको कारोबार शुरु भयो । लेनदेन हुन थाल्यो । जसमा प्रयोगकर्ता तथा तेस्रो पक्ष जो कोहीले पनि पैसाको लेनदेन गर्न सहयोग मिल्यो । त्यसमा आफनो पहिचानको खुलासा गर्नुको कुनै आवश्यकता नै हुन छाड्यो । तर, पनि फेरी यो अनाधिकृत पहुँचबाट भने सुरक्षित रहेको छ ।

हाल भने १००० बढी आल्टक्वाइनको सर्कुलेशन भइरहेको छ । यसको सबैभन्दा राम्रो उदाहरण एथेरिएम र कार्डानो हो । जबकी बिटक्वाइन भने सबैको जान पहिचान भएको क्रिप्टो करेन्सी हो ।

एथेरिएम र कार्डानो पछिल्लो केही समयदेखि भने सर्वाधिक मात्रामा ध्यान आकर्षित गरिरहेको छ । उक्त प्लटेफर्ममा विकासकर्ताले ब्ल्याकचेन प्रूविधिको उपयोग गरेर एप बनाउन सहयोग गर्ने गरी डिजाइन गरिएको छ ।

दोस्रो रुपमा भने हाल क्रिप्टोकरेन्सीको विपरित क्रिप्टो टोकन्स एसेटमा आधारित रहेको छ । क्रिप्टो टोकन्स क्राउड फण्डिङ मार्फत धन जुटाउनका लागि महत्वपूर्ण रहेको छ ।

टोकनको प्रयोग गरेर धन सम्पत्ति सुरक्षित गर्न, लगानी गर्न वा कुनै पनि माल वस्तुको खरिदमा प्रयोग गरिन्छ । कुनै पनि ब्ल्याकचेनमा उपलब्ध भएका सेवा पाउन पनि यसको प्रयोग गरिन्छ ।

त्यसैलाई सेक्युरिटी टोकन्सका रुपमा लगानीकर्तालाई आफ्नो स्वामित्व समेत प्रदान गर्दछ । हरेक टोकन एक विशिष्ठ सम्पत्तिको रुपमा प्रतिनिधित्व गर्दछ । जस्तो डिजिटल इमेज, भिडियो वा अडियोको रुपमा पनि यसले काम गर्छ ।

यस्तै, पछिल्ला दिनमा डिजिटल गोल्ड, इन्टरनेट मनी पनि प्रयोगमा छ । रिपल त्यसको उदाहरण हो । स्टेबल क्वाइनलाई सरकारी मुद्राको रुमपा पनि समर्थन प्राप्त भएको छ । टीथर जस्तै यसको मूल्य पनि डलरमा नै प्राप्त हुन जान्छ ।


क्लिकमान्डु