४ महिनाका लागि सडक विभागको महानिर्देशकमा सापकोटा



काठमाडौं । सरकारले सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटालाई सरुवा गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बुधबार बसेको मन्त्रिस्तरीय बैठकले सापकोटालाई सडक विभागको महानिर्देशकमा सरुवा गर्ने निर्णय गरेको मन्त्रालयका सचिव तथा प्रवक्ता ललिजन खनालले जानकारी दिए ।

खनालका अनुसार सापकोटालाई अबको ४ महिनासम्मका लागि सडक विभागमा महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

‘उहाँले बिहीबारनै मन्त्रालयबाट पत्र बुझिसक्नु भयो,’ उनले भने, ‘उहाँ अबको ४ महिना अर्थात वैशाखमा सेवानिवृत हुनुहुनेछ ।’

सापकोटाले आफ्नो करिअर हवाइ विभागमा इन्जिनियरको रुपमा बाट शुरुवात गरेका हुनु । खनालका अनुसार सापकोटा यसअघि मन्त्रालयको भौतिक पूर्वाधार निर्माण तथा यातायात महाशाखामा कार्यरत थिए ।

उनले २०५२ देखि २०७८ सम्म विभाग, मन्त्रालय, डिभिजनल लगायतका विभिन्न निकायहरुमा जिम्मेवारी वहन गर्दै काम गरिसकेका छन् ।


क्लिकमान्डु