राष्ट्र बैंकको नीतिले बैंकको नाफा घट्योः उपाध्याय



काठमाडौं । सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले राष्ट्र बैंकको नीतिका कारण बैंकको नाफा घटेको बताएका छन् । उपाध्यायको संयोजकत्व बनेको कार्यदलले तयार पारेको प्रतिवेदन उल्लेख गरिएको छ ।

उपाध्यक्ष उपाध्यायले यो प्रतिवेदन बैंकको सीइओहरु, विकास बैक एसोसिएसनसँगको छलफल गरेर तयार पारेको बताए । प्रतिवेदनमा नीतिगत स्पष्टता आवश्यक रहेको उपाध्यायको भनाइ छ ।

नेपाल पूर्णरुपमा युनिभर्सल बैकिङमा जान पनि नसकेकाले वर्गीकरणमा पनि नरहेको भन्दै यसमा स्थिरता आववश्यक रहेको बताए । उनले प्रतिवेदनमा यो कुरा समावेश गरेको बताए । प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले राष्ट बैकको नितिका कारण बैकको नाफा घटेको दाबी पनि गरे ।

राष्ट्र बैंकको नीतिका कारण हाल १२ प्रतिशत औषतमा नाफा सीमित भएको भन्दै बैंकमा आकर्षण घट्न लागेको बताए । उनले राष्ट्र बैंकलाई नीतिगत रुपमा नकस्न सुझाव दिए । बैंकलाई लगाएको बढी कर घटाउन सुझाव दिएको पनि बताए ।


क्लिकमान्डु