लुम्बिनी प्रदेशले माग्यो ४३६ कर्मचारी



काठमाडौं । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ४३६ जना करार सेवामा कर्मचारी माग गरेको छ ।
उक्त प्रदेशको १२ जिल्लाको लागि कर्मचारी माग गरेको हो ।

मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको जनाएको छ । मन्त्रालयले नायब प्राविधि सहायक, नायब पशु सेवा प्राविधिक पदका लागि कृषि सेवामा चौथो हतको कर्मचारी माग गरेको हो । शुक्रबार प्रकाशित सूचनामा १५ दिनभित्र आवेदन दिन भनिएको छ ।

आवेदन कृषि ज्ञान केन्द्र वा एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय वा कृषि विकास निर्देशनालय रुपन्देहीमा तोकिएको ढाँचामा शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र परिक्षा दस्तुर बुझाएको भौचर वा रसिद दिन अनुरोध गरेको छ ।


क्लिकमान्डु