सनराइज बैंकको साधारणसभा सम्पन्न, ६.६५ % बोनस दिने प्रस्ताव पारित



काठमाडौं । सनराइज बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले बैंकको चुक्ता पूँजीको ६.६५ प्रतिशतका दरले हुन आउने ६३ करोड ९ लाख ४८ हजार ३०९ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभाले बोनस सेयर पारित गरेपछि बैंकको हाल चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ बढेर १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८ रुपैयाँ पुगेको छ ।

बैंकले अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने अख्तियारी संचालक समितिलाई दिएको छ ।

बैकले हाल १३९ वटा शाखा, ८३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम मार्फत् आफ्ना ८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु