कुमारी बैंकलाई साउदीबाट आयो सिस्टम ह्याक गर्ने इमेल, बैंकहरु बने चनाखो



काठमाडौं । कुमारी बैंकलाई साउदीबाट बैंकको सिस्टम ह्याक गर्ने इमेल आएको छ ।

केही समय अघि पनि ह्याकरहरुले यस्तै इमेल आएको थियो ।

कुमारी बैंकले इमेल आएको जानकारी राष्ट्र बैंकलाई गराएको छ । कुमारी बैंकले साउदीबाट ह्याक गर्ने इमेल आएको र ह्याकरले सिस्टम नै ह्याक गर्ने प्रयास गरेका थिए । फायरवालको कारण ह्याकरले ह्याक गर्न नसकेको र उच्च सर्तकता अपनाएका छन् ।

कुमारी बैंक स्रोतका अनुसार इमेल आएपछि बैंकले राष्ट्र बैंकमा जानकारी गराएको थियो । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई आफ्नो प्रणाली चनाखो भएर हेर्नको लागि मौखिक रुपमा जानकारी गराएको थियो ।

बिहीबार बिदाको दिन भएपनि कुमारी बैंकमा आएको इमेलपछि बैंकका उच्च अधिकारी आफै सर्तक बनेका थिए । कुमारी बैंकको वेवसाइट भने अहिले चलेको छैन ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कुमारी बैंकमा ह्याक गर्ने इमेल आएको र प्रणाली सुरक्षित भएको जानकारी दिए ।

‘साबइर सेक्युरिटीको विषयमा बैंकहरु जहिलेपनि चनोखो नै भएर बसेका हुन्छन्, इमेल आएपछि झनै चनखो बन्ने स्वभाविक नै हो, हाम्रो प्रणाली सुरक्षित छ,’ भट्टले क्लिकमाण्डूसँग भने ।

कुमारी बैंकले इमेल आएपछि बैंकका केही सिस्टम अफ गरेको छ । अन्य बैंकहरुले पनि आफ्नो प्रणाली डाउन गरेर सुरक्षित बनाउन चेक गरेका थिए ।


क्लिकमान्डु