मंसिर महिनामा ९१ जना ऋणीले लिए १२ अर्ब पुनरकर्जा सुविधा (सूचि)



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म ९१ जना ऋणीले ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा लिएका छन् । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट विशेष र साधारण पुनरकर्जा उक्त कर्जा लिएका हुन् ।

जसमा १५ ऋणीले २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ विशेष पुनरकर्जा लिएका छन् । यस्तै ७६ जना ऋणीले ९ अर्ब ३८ करोड २६ लाख रुपैयाँ साधारण पुनरकर्जा लिएका छन् ।

यस्तो पुनरकर्जा लिनेमा तारे होटेलदेखी उद्योग, ट्राभल्स जलविद्युत कम्पनी, डेरी उद्योग लगायतले लिएका छन् । यसरी कर्जा लिनेमा पाँचतारे होटलेदेखि सामान्य होटल, सानो लगानीमा खुलेका उद्योग समेत रहेका छन् ।

यस्तो कर्जा २० करोडसम्म लिएका छन् । २० करोडसम्म विशेष कर्जा लिनेमा घलेम्दी हाईड्रो, याक एण्ड यति होटल, रावा इनर्जी डेभलपमेन्ट प्रालि, होटल बाराही, बोधी रेडसन होटल, विकास हाईड्रोपावर, होटल शारा, सीता एयर, नेशनल कार्डियाक सेन्टर,अविनाश ह्याचरी, यति कार्पेट प्रालि, नेपाल हाईड्रो डेवलोपर, माउन्ट एभरेष्ट कत्था मिल्स रहेका छन् ।

साथै होटल सरोवर, नेपालीरिका होटल, आनन्द एग्रो एण्डष्ट्रिज, एएसी इट्टा उद्योग, भोटेकोशी हेली रिसोर्ट एण्डल स्पा, अपर हेवाखोला हाईड्रोपावर, सेक्यूर हस्पिटालिटी, स्वस्तीश्री गुरुकुल, समिट होटल, माईखोला हाईड्रोपावर, सुपरमाइ हाईड्रोपावर र ह्याप्पी ल्याण्ड फन पार्क एण्ड रिसोर्ट रहेको छ ।


क्लिकमान्डु