एलआईसी नेपालले सेयरधनीलाई २०% बोनस सेयर दिने



काठमाडौं । एलआईसी नेपालले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ

। एलआईसी नेपालको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को सन्चित नाफाबाट २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

एलआईसीको चुक्ता पूँजी अहिले २ अर्ब २१ करोड रहेको छ । बोनस सेयरपछि एलआईसीको चुक्ता पूँजी २ अर्ब ६५ करोड हुने छ ।


क्लिकमान्डु