निर्जीवन बीमा व्यवसाय २७%ले बढ्यो, ५ महिनामा साढे १५ अर्ब बीमाशुल्क



काठमाडौं । निर्जीवन बीमा व्यवसाय २७.३९ प्रतिशतले बढेको छ । कम्पनीहरुले चालु आवको पाँच महिना अर्थात मंसिर मसान्तसम्मा १५ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

गत आवको यसै अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय २७.३९ प्रतिशतले बढेको हो ।

गत आवको मंसिर मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल १२ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

कम्पनीहरुले मंसिर महिनामा मात्रै दुई अर्ब ८४ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

चालु आवको ५ महिनाको अवधिमा सबैभन्दा धेरै बीमाशुल्क शिखर इन्स्योरेन्सले गरेको छ । मंसिर मसान्तसम्मा शिखरले एक अर्ब ६७ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा १ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले चालु आवको पाँच महिनामा १ अर्ब ३० करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ११ करोड ३० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

तथ्यांकअनुसार अरु बीमा कम्पनीले भने अर्ब भन्दा कम बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा प्रिमियर इन्स्योरेन्सले ९१ करोड ६४ लाख रुपैयाँ, यूनाइटेड इन्स्योरेन्स कम्पनीले ७३ करोड ४३ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ७० करोड २१ लाख रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले ६६ करोड ४२ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ६५ करोड ४२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले ६३ करोड ५० लाख रुपैयाँ रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु