सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो



काठमाडौं । सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार १ हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएकोमा शुक्रबार १५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु