दुई संस्थालाई मुक्तिनाथ विकास बैंकको सहयोग



कठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ । मंसिर महिनामा मात्र बैंकले २ विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुमा सहयोग गरेको छ ।

बैंकले गोनपा- ०१ दुङ्गासाँघु, ललितपुरस्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणका लागि १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

यससँगै, आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई र आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निःशूल्क टेबल टेनिसको तालिम दिन बैंकले ४० हजार रुपैयाँ आर्थिक सहयोग हस्ताणतरण गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।


क्लिकमान्डु