कांग्रेस महामन्त्री २५०० मत गनियोः गगन अगाडि,विश्वप्रकाशको १ हजार कट्यो



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा २५ सय मत गनिएको छ । २५२० मत गन्दा गगन थापाले सबैभन्दा बढी १६४८ मत ल्याएका छन् ।

दोस्रोमा विश्वप्रकाश शर्माको मत छ । कांग्रेसको विधानमा २ जना महामन्त्री हुने व्यवस्था छ ।

विश्वप्रकाशले पनि आफ्नो अग्रता बढाउदै लगेका छन् । विश्वप्रकाशले १ हजार १९ मत ल्याएका छन् ।

यस्तै डा प्रकाशशरण महतको ८२७,प्रदिप पौडेलको ७४७ र मिनेन्द्र रिजालको ४२६ मत छ । राजाराम कार्कीले ६४ मत ल्याएका छन् ।


क्लिकमान्डु