यी देशमा पाइन्छन् ३० रुपैयाँ भन्दा कम मूल्यमा पेट्रोल



एजेन्सी । नेपाललगायतका दक्षिण एशियाली देशमा पेट्रोलियम पदार्थको मूल्य तुलनात्मक रुपमा लगातार बढीरहेको छ । नेपालमा एक लिटर पेट्रोलका लागि १३६ रुपैयाँ तिर्नुपर्छ । यस्तै, भारतमा एक लिटरका लागि १०० भारु तिर्नुपर्छ ।

कमजोर अर्थतन्त्र भएका देशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले हरेक क्षेत्रमा प्रभाव पारेको छ । महंगीमा भएको वृद्धिका कारण सामान्य मानिसले जीवनयापन समेत गर्न नसक्ने अवस्था पैदा भएको छ । इन्धनको मूल्यवृद्धि हुनासाथ त्यसको प्रभाव हरेक घरको चुल्होमा समेत पर्न जान्छ ।

यस्तै, नेपालमा एक सिलिण्डर ग्यासको मूल्य १५७५ रुपैयाँ पुगेको छ । बढ्दो शहरीकरणका कारण खाना पकाउन एलपी ग्यासको प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ ।

संसारभर नै कोरोना कहरपछि इन्धनको मूल्यमा बृद्धि भएको छ । बढ्दो माग र तेल उत्पादक देशहरुको संगठन ओपेकले उत्पादनमा गरेको कटौतीका कारण इन्धनको मूल्यले आकाश छोएको हो ।

तर, केही यस्ता देश पनि छन्, ती देशमा इन्धनको मूल्य अहिले पनि असाध्यै सस्तो रहेको छ । इन्धनको मूल्य सस्तो भएपनि ती देशको अर्थतन्त्रले भने गति लिन सकेको छैन ।

विवरणहरुमा जनाइएअनुसार संसारभर नै पेट्रोलको मूल्य औसतमा ९१ भारु बराबरको हाराहारीमा रहेको छ । भारत, नेपाल , बंगलादेश, पाकिस्तानमा समेत इन्धनको मूल्यले आकाश छोएको छ ।

तर यी सबैको बीचमा पनि केही यस्ता देश छन्, जहाँ अझै पनि एक लिटर पेट्रोल पानी भन्दा सस्तो रहेको छ । नेपाल र भारतमा एक बोत्तल पानीको २० रुपैयाँ पर्न जान्छ ।

विवरणहरुमा जनाइएअनुसार अमेरिकको छिमेकी देश भेनेजुयलामा एक लिटर पेट्रोल २ रुपैयाँको हाराहारीमा पाइन्छ । पछिल्ला दिनमा सो देश आर्थिक अस्थिरतामा फसकेको छ ।

महंगीले आकाश छोएको छ । सो देशमा कच्चा तेलको विशाल भण्डार रहेको छ । तर पनि महंगाई चरम रुपमा बढीरहेको छ । भेनेजुयलामा रहेको कच्चा इन्धन विगतमा प्रशोधन गरेर व्यापक रुपमा बिक्री गर्ने गरिएको भएपनि अमेरिकाको नाकाबन्दीपछि भने बजार सुस्ताएको छ ।

भेनेजुयला जस्तै इरानमा समेत इन्धनको मूल्य असाध्यै सस्तो रहेको छ । सो देशका कच्चा तेलको विशाल भण्डार रहेको छ । इरानको इन्धन भारतले खरिद गर्ने गरेको थियो ।

भारत हुँदै इरानको तेल नेपालमा समेत आउने गरेको थियो । अमेरिकाले लगाएको नाकाबन्दीका कारण देखिने गरी इरानको तेल भारतमा आयात भएको छैन ।

यतिबेला इरानामा एक लिटर पेट्रोलका लागि ५ रुपैयाँ बराबर तिर्नुपर्छ । अमेरिकाले प्रतिबन्ध हटाउने हो भने इरानको तेल बजारमा जाने र मूल्य नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

त्यस्तै सिरियामा समेत एक लिटर इन्धनको मूल्य १६ रुपैयाँको हाराहारमिा रहेको छ । अमेरिकाको आक्रमण र रसियाको प्रतिरक्षाका कारण सो देश चरम द्वन्द्वमा फसेको छ । आर्थिक अवस्था असाध्यै नाजुक रहेको छ । पछिल्लो एक दशकदेखि सो देश आन्तरिक विवाद र लडाई झगडामा फसेको छ ।

यस्तै, अंगोलमा पनि एक लिटर पेट्रोलको मूल्य २१.३७ रुपैयाँ बराबर रहेको छ । अल्जेरियामा एक लिटर पेट्रोलको मूल्य २४.८८ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, कुवेतमा एक लिटर पेट्रोलका लागि २६ रुपैयाँ मात्रै तिर्नुपर्छ ।


क्लिकमान्डु