४३७६ मत गन्दा देउवाको २०९५, कोइरालाको १६४५ मत



काठमाडौं । कांग्रेसको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन हुने बढी सम्भावना देखिएको छ ।

अहिलेसम्म ४३७६ मत गनिएको छ । जसमा शेरबहादुर देउवाले २०९५,शेखर कोइरालाले १६४५ मत ल्याएका छन् ।

यस्तै प्रकाशमान सिंहले ३५० र बिमलेन्द्र निधिले २३९ मत ल्याएका छन् ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ ।


क्लिकमान्डु