कोरियन विशेष भाषाको परीक्षा आगामी पुस १ गतेबाट शुरु हुने



काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको कोरियन विशेष भाषा (सीबीटी) को परीक्षा आगामी पुस १ गतेदेखि हुने भएको छ । सरकारले कोरिया विशेष भाषा परीक्षा आगामी पुस १ गतेदेखि १५ गतेसम्म सञ्चालन गर्ने भएको हो ।

ईपीएस कोरिया शाखाले आज सुचना जारी गर्दै परीक्षार्थीहरूका लागि रोल नम्बर कायम गरी परीक्षाको मिति र समय तोकेको छ । जसमा परीक्षार्थीहरू निर्धारित मिति र समयमा ओरिन्टेशन समयभन्दा एक घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने शाखाले जनाएको छ ।

‘निर्धारित मिति, समय र सेसनमा आवश्यक कागजात (सक्कल राहदानी र प्रवेश पत्र) सहित उपस्थित हुन नसकेका परीक्षार्थीहरूलाई परीक्षामा समावेश गराईने छैन,’ सुचनामा उल्लेख छ ।

शाखाले आगामी पुस १ गतेदेखि १५ गतेसम्ममा मिति तय गरेको छ । सो परीक्षा पुल्चोक ईन्जिनियरिङ अध्ययन संस्थान। सूचना, सञ्चार तथा प्रविधि केन्द्र पुल्चोकमा हुनेछ ।

परीक्षार्थीहरूलाई मोबाइल फोन, पीडीए, इलेक्ट्रोनिक डिक्स्नेरी। स्मार्ट वाचलगायतका अन्य विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्ण निषेध गरेको छ ।

साथै, परीक्षामा चिट, कपी गरेको भेटिएमा परीक्षा रद्द गरी ३ वर्षका लागि परीक्षामा समावेश हुन निषेध गरिने शाखाको भनाइ छ ।


क्लिकमान्डु