तरलता अभावमा पनि बचत फिर्ता र कर्जा लगानी गरिरकेका छौं: सहकारी बैंक



काठमाडौं । सहकारी बैंकले अहिले (लगानीयोग्य रकम) तरलता अभावको बीचमा पनि आफुसँग तरलताको अवस्था मजबुत रहेको बताएको छ ।

बैंकले तरलता संकटको बीचमा पनि सदस्यहरुलाई सहजै बचत फिर्ता र कर्जा लगानी गरेको जानकारी गराएको छ । बैंकले अहिले आफूसँग तरलता मजबुत रहेको जानकारी गराएको छ । सहकारी बैंकको विषयमा विभिन्न भनाई आएको भन्दै त्यस्ता भनाइको भर नपर्न र सबै सदस्यलाई विश्वस्त हुन आग्रह गरेको छ ।

मंसिर २५ गतेसम्म बैंकमा तरलता १७.७३ प्रतिशत र कर्जा–निक्षेप अनुपात (सेयर पुँजी तथा कोषको रकम बाहेक) ७९.१६ प्रतिशत रहेको जानकारी गराएको छ ।

राष्ट्र बैैंकले गरेको व्यवस्था अनुसार सिडी रेसियो आगामी असार मसान्तसम्ममा ९० प्रतिशत हुनुपर्नेमा अहिले उक्त व्यवस्था भन्दा झण्डै ११ प्रतिशत सहज रहेको जानकारी गराएको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात ८ प्रतिशत हुनुपर्नेमा ९.५१ प्रतिशत रहेको जनाएको छ ।


क्लिकमान्डु